|

काठमाडौं : डेब्यु फिल्म 'ए मेरो हजुर २'बाट नै चर्चामा रहेका नायक हुन्, सलिनमान बनिया। पहिलो फिल्मबाट नै उनले धेरै फ्यान फलोअर्स कामएका छन्। दर्शकसँगै फिल्म क्षेत्रमा पनि उनको क्रेज गज्जब देखिन्छ। चकलेटी अनुहारका धनी उनलाई लिएर फिल्म बनाउन धेरै निर्माता निर्देशक तयार छन्।

अहिले सलिनमान चैत २९ गतेबाट प्रदर्शनमा आउने आफ्नो दोस्रो फिल्म 'यात्रा अ म्युजिकल भ्लग'मा व्यस्त छन्। यतिबेला फिल्मको धमाधम डबिङ भइरहेको छ।

फिल्मको डबिङमा व्यस्त सलिनमान यस फिल्मबाट निकै खुसी छन्। उनी भन्छन्, 'हामीले सोचेकै दृश्यलाई पर्दामा देखिरहेको छु। फिल्मको लागि टिमले निकै मिहिनेत गरेका छौ।’ उनले डबिङकै क्रममा फिल्म पनि हेरिरहेका छन्। 'रमाइलो भईरहेको छ’ सलिन भन्छन् ’दोस्रो फिल्ममा आइपुग्दा आफुलाई झनै परिपक्क बनाउदैछु।’

सलिन पनि यस फिल्मबाट निकै आशावादी देखिन्छन्। 'फिल्म राम्रो बनेकोमा म ढक्क छु' उनी थप्छन्, 'यस फिल्मबाट मैले मेरो फ्यानलाई निराश पार्ने पक्कै छैन्।'

फिल्मका लागि सलिनले धेरै मिहिनेत गरेको निर्देशक शाक्यले बताए। उनले भने, 'सलिन निकै मिहिनेती छन्, उनले आफुलाई बेस्ट देखाउन धेरै मिहिनेत गरेका छन्।’

फिल्ममा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्तखनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहेको छ।

यसै फिल्म मार्फत् मल्लिका महतले डेब्यु गर्दैछिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ। फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन्।

निर्देशक शाक्यकै कथा रहेको फिल्मलाई 'कोटकी कालिका देवी फिल्मस्', 'क्रिएटिभ फिल्म प्रोडक्सन' र 'हरि ओम सिने मेकर्स'को ब्यानरमा निर्माण भएको छ। केशव भट्टराई, चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ताका रुपमा रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरेको पनि फिल्ममा लगानी रहेको छ। फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन्।

निर्देशक शाक्य, सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले लेखेको फिल्मको मुख्य सहायक निर्देशक सुरेश नै हुन्। संजय लामाले खिचेको फिल्ममा शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.