|

काठमाडौंः अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अर्थमन्त्रालयले गठन गरेको कार्यदलका सुझावका आधारमा सेयर बजारको समस्या समाधान गर्ने बताएका छन्। प्रतिनिधिसभाको अर्थसमितिमा बोल्दै मन्त्री खतिवडाले अहिले कार्यदलले काम गरिरहेको र आउने सुझावका आधारमा पूँजी बजार र वित्त बजारका विषयमा देखिएका समस्या समानका लागि काम गर्ने बताए।

उनले अहिले सेयर बजार घट्नुपर्ने कुनै कारण समेत नभएको बताए। अहिले लगानी क्षेत्रको विस्तार भएकाले त्यसको प्रभाव शेयर बजारमा देखिएको हुन सक्ने दाबी गरे। उनले यसको समस्या समाधानका लागि संमिति गठन गरेर सुझाव दिन पनि अर्थसमितिलाई आग्रह गरे। नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर चिरन्जिवी नेपालले शेयर बजार सुधारका लागि विगतमा पनि थुप्रै काम गरिसकेको बताउँदै अब क्षेत्र विस्तार गर्नुपर्नमा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.