|

काठमाडौं : नेपाली सेनाको शत्रुमर्दन गुल्मले १५० जनाको स्वास्थ्य परीक्षण गरेको छ। गुल्मको टोलीले आफ्नो जिम्मेवारी क्षेत्र बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिका- ३, कुलाउमा सोमबार स्वास्थ्य शिविर संचालन गरेको हो।

शिविरमा आँखा, पेट, दाद, हाड जोर्नी, ग्यास्ट्रिक्स, स्त्री रोग, दम, रुघाखोकी आदिका बिरामीहरूको उपचार गरिएको थियो। शिविरमा विभिन्न खालका स्वास्थ्य समस्या भएका महिला, पुरुष, वृद्धा तथा बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.