|

संखुवासभाः नवजात शिशु मारेको आशंकामा एक महिला पक्राउ परेकी छन्।  संखुवासभाको खाँदबारी नगरपालिका–६ मयम की  ३७ वर्षकी फूलमाया राई शिशुको हत्या गरेको आरोपमा  पक्राउ परेकी छन्। एकल जीवन बिताइरहेकी फूलमायाले अवैध गर्भधारण गरी शिशु जन्माएपछि हत्या गरेर फालेको आशंकामा उनलाई प्रहरीले पक्राउ गरेको हो। 

फूलमायाले बच्चा जन्माएर हत्या गरी डोकोमा राखेर फाल्न लगेको बताइएको छ। शिशुको हत्या गरी फालेको हुन सक्ने भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। पक्राउ परेकी राईको जिल्ला प्रहरी कार्यालयको निगरानीमा उपचार भइरहेको प्रहरी स्रोतले बताएको छ।  नवजात शिशुको हत्या भए नभएको पोष्ट मार्टमपछि मात्र खुल्ने संखुवासभाका प्रहरी प्रमुख डिएसपी श्याम सारु मगरले जानकारी दिए।

उनका अनुसार नवजात शिशु शव पोष्ट मार्टम जिल्ला अस्पताल खाँदबारीमा नहुने भएपछि मंगलबार नै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.