|

काठमाडौँ : संघीयता कार्यान्वयनमा देखिएका समस्या र चुनौतीको ठोस, तार्किक, सामर्थ्य सहितको सम्बोधन लगायतका विषयमा समस्या समाधान गर्न गठन गरिएको कार्यदलले काम शुरु गरेको छ। 

एक हप्ताको समय दिइएको पाँच सदस्यीय कार्यदलले मंगलबारदेखि आफ्नो काम थालेको हो । संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा गठन गरिएको कार्यदलले मंगलबारदेखि काम सुरु गरेको हो। 

सरकारका अर्थमन्त्री युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर प‍ोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सदस्य, मुख्य सचिव सदस्य सचिव रहेको कार्यदलको बैठक मंगलबार सिंहदरबारमा शुरु भएको छ।

कार्यदलले एक हप्ताको गृहकार्य गरेर पुसको ३ गते १ बजे सबै संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मुख्यमन्त्रीको उपस्थितिमा प्रतिबेदन बुझाउने तयारी छ। प्रदेश परिषदको सोमबार सम्पन्न भएको बैठकले कार्यदल गठन गरेको हो।

कार्यदलले काम शुरु गरिसकेको र पुस १ गते परिषद्लाई प्रतिवेदन बुझाउने गरि काम अगाडि बढिसकेको कार्यदलका सदस्य प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.