|

जाजरकोट : नेपाल खाद्य संस्थान घाट डिपोमा चामल राख्नका लागि  राम्रो ठाउँ नहुँदा मुसाको आहारा भएको छ। थोत्रो भवणमा चामल राख्दा मुसाले काट्दा समस्या उत्पन्न भएको हो। 

डिपोमा चामल राख्नका लागि संस्थानको आफ्नै भवन नहुँदा दैनिक समस्या हुँदै आएको छ। अहिले मौज्दात रहेको चामल राख्नका लागि स्टोरको अभावमा समस्या भएको छ। सानो कच्ची ठाउँमा भत्किएको एक कोठामा चामल राख्दा दैनिक मुसाले चामलको बोरी काट्दा हैरान भएको डिपो प्रमुख रुद्र देवकोटाले जानकारी दिए।

संस्थानको आफ्नै भवन नहुँदा तत्कालिन नायकवाडा गाविसले उपलव्ध गराएको व्यक्तिको जग्गामा निर्माण भएको सानो घरमा अहिले चामल राख्दै आएको जाजरकोट खाद्य संस्थानका प्रमुख धर्मवहादुर बस्नेतले जानकारी दिए। वर्षायाममा सो भवनमा राखिएको चामल भिजेर समस्या निम्तिएको थियो भने अहिले मुसाले चामल राखेको बोरा काट्दा नोक्सान भएको देवकोटको भनाइ छ।

अधिकांश चामलका बोराहरु मुसाले काटेर ठूलो क्षती भएको देवकोटाले बताए। संस्थानको आफ्नै भवन नहुँदा दैनिक कर्मचारीलाई चामल विक्री गर्न तथा बस्न समेत समस्या भएको छ। बारेकोट गाउँपालिकाको २५ हजार जनसंख्यलाई ध्यानमा राखी नायकवाडाको घाटबाट खाद्यान्न वितरण हुँदै आएको छ।
जिल्लाको नलगाड नगरपालिका कालीमटी, दशेरा, छेडागाउँ नगरपालिका – ८ घोगी ,  बारेकोट गाउँपालिका – ५ मा भवन नहुँदा समस्या भएको संस्थानका प्रमुख धर्मवहादुर बस्नेतले जानकारी दिए। भवनको अभावमा डिपोमा राखिएको चामल मुसाले काट्ने, ढुसी लाग्ने समस्याले गर्दा हैरान भएको उनको भनाइ छ। 

चामल विक्री वितरण गर्नका लागि ठाउँको अभाव हुने गरेको उनले जानकारी दिए। चामल लिनका लागि स्थानीयवासीको भीड लागेको समयमा बिक्री वितरण गर्नका लागि ठाउँको अभावमा हैरानी पर्ने गरेको छ। भवन निर्माणका लागि पटक, पटक केन्द्रीय कार्यालय, क्षेत्रिय कार्यालयमा जानकारी गराउँदा समेत कसैले ध्यान नदिएको संस्थानको जाजरकोट कार्यालयले बताएको छ।

सडक सञ्जाल संग नजोडिएका बारेकोट, पजारु लगाएतका ठाउँमा खच्च्डद्धारा खाद्यान्न ढुवानी गरिन्छ भने अन्य ठाउँमा हिउँदको समयमा कालीमटी, चौखा, घरंङगामा यातायातका साधन मार्फत ढुवानी गरिदै आएको छ। भवण निर्माणका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीयवासीहरुको भनाइ छ।                    
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.