|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अचाक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुगेका छन्।

करिब डेढ महिनाअघि भाइरल इन्फेक्सनका कारण पाचँ दिन अस्पताल भर्ना भएर बालुवाटार फर्किएका प्रधानमन्त्री ओली स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार दिउसो पुन: महारागंजस्थित शिक्षण अस्पताल पुगेका हुन्।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टर पुगेर अाेलीले आफ्नो स्वास्थ्य उपचार गरेर फर्किएको अस्पतालका मुटुरोग तथाओलीका निजी चिकित्सक डा. अरुण सायमीले बताए। उनले भने 'उहाँ फलोअपको लागि आउनु भएको हो, सम्पूर्ण स्वास्थ्य परीक्षण गरेर फर्कनु भयो। हाल उहाँको स्वास्थ्य अवस्था राम्रो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.