|

काठमाडौं : युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनार (विश्वकर्मा) डा.अम्वेडकर अन्तराष्ट्रिय अवार्ड २०१८ बाट पुरस्कृत भएका छन्। दलित, पछाडि पारिएका वर्गको उत्थान, विकासका र अधिकारका लागि गरेको योगदानको कदर गर्दै भारतीय मन्त्री विश्वकर्मालाई अम्वेडकर अवार्ड प्रदान गरिएको हो।

दलित साहित्य अकादमीले मन्त्री विश्वकर्मालाई भारतको राजधानी नयाँ दिल्लिमा आयोजित समारोहमा पुरस्कृत गरेको हो। पुरस्कार दलित आन्दोलनका विश्वनेता तथा भारतीय संविधानका निर्माता बाबा साहेव डा. भीमराव अम्वेडकरको नाममा स्थापना गरिएको हो।

दलित आन्दोलन, कला, साहित्य, अध्ययन, अनुसन्धानको क्षेत्रमा विशिष्ठ योगदान गर्ने व्यक्तिलाई अकादमीले प्रत्येक वर्ष पुरस्कृत गर्ने गरेको छ। पुरस्कार ग्रहण पश्चात समारोहलाई सम्वोधन गदै मन्त्री विश्वकर्माले यो सम्मान, जातीय विभेद र छुवाछुत विरुद्धको, सामाजिक न्याय, समानता र मानव मर्यादाको आन्दोलन, नेपाली दलित मुक्ति आन्दोलनकै सम्मान भएको बताए।

हिन्दु धर्म र वर्णाश्रम व्यवस्था, जाती व्यवस्था, धर्म, संस्कार, राजनीति तथा विभिन्न दर्शनशास्त्रको गहन अध्ययन गरी डा. अम्वेडकरले दिनुभएका विचार उत्पीडित दलित जनताको मुक्ति र संघर्षका लागि लागि सदावहार प्रेरणादायी र मार्गदर्शक भएको वताउँदै मन्त्री विश्वकर्माले अकादमीले उनका विचारलाई चिरस्थायी वनाउन र दलित आन्दोलनलाई अन्तराष्ट्रियकरणका लागि गरेको कामको प्रशंसा गरे।

अकादमीले ३४ औं सम्मेलनका क्रममा दलित आन्दोलनमा योगदानमा पुरयाएका दक्षिण एशियाका दलित आन्दोलनकर्मीलाई विभिन्न विधाका अवार्ड वितरण गरेको थियो। नेपालका अन्य अभियन्ताहरु साजीदा खातुन सिद्धिकिले डा. अम्वेडकर कलाश्री राष्ट्रिय अवार्ड, महेन्द्र केसीले सेवाश्री, पशुपति सापकोटाले एक्सीलेन्सी सेवा, डा. सूर्यवहादुर खड्काले विशिष्ठसेवा राष्ट्रिय अवार्डहरु पुरस्कृत भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.