|

धनुषा : त्रेताकालीन युगमा राम र सीताको विवाह भएको सम्झनामा धुमधामसँग मनाइने सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको पूर्वसन्ध्यामा जानकी मन्दिर झकिझकाउ बनाइएको छ। 

गोस्वामी तुलसी दासकृत रामायणमा वर्णित भएनुसार राजश्री जनकद्वारा गरिएको प्रतिज्ञालाई अयोध्याका राजकुमार रामले धनुष भंग गरेर पूरा गरेकोले जगत जननी जानकीको विवाह भएको सम्झनामा प्रत्येक वर्ष मनाइने विवाह पञ्चमी महोत्सको पूर्वसन्ध्यामा जनकपुर तथा जानकी मन्दिरलाई झकिझकाउ बनाइएको हो। 

अयोध्या नरेश दशरथको भूमिकामा जनकपुरधामस्थित राम मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा पौराणिक व्यवस्था अनुरूप विवाहको जन्ती बाजागाजा र स्वर्णिम झाँकीसहित दुलाह भगवान रामको प्रतिमालाई विशेष सिंहासनमा राखी त्रेताकालीन रंगभूमि मैदानमा पुर्‍याइन्छ।

 त्यस्तै, जानकी मन्दिरबाट मिथिला नरेश जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको नेतृत्वमा दुलही जानकीको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी सोही रंगभूमि मैदानमा पुर्‍याइन्छ।

दुलहा भगवान रामको स्वर्णिम डोलालाई दुलही जानकीको विशेष सु–सज्जित डोलाले पाँचपटक परिक्रमा तथा आरती पूजन गरेपछि स्वयम्वर कार्यक्रम सम्पन्न हुने धार्मिक परम्परा रही आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.