विराटनगर : नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा आगामी पुस ४ र ५ गते राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ। विराटनगरमा मंगलबार बसेको सम्मेलन व्यवस्थापन समितिको बैठकले सम्मेलन सफल गर्न विभिन्न उपसमिति गठन गरेको महासंघ प्रदेश समितिका महासचिव विवेक गौतमले विज्ञप्तिमार्फत जानकारी दिए।
बैठकले सम्मेलन व्यवस्थित र भव्यताको साथ सम्पन्न गर्न केन्द्रीय समिति, प्रदेश समिति र प्रदेश मातहतका सबै शाखा समितिहरु परिचालित हुने निर्णय गरेको छ।
त्यस्तै सम्मेलनलाई सफल पार्न आ–आफ्नो ठाउँबाट योगदान गर्न पत्रकार महासंघका सबै शाखा, साधारण सदस्य तथा पत्रकारका संघ संगठन र सहयोगीहरुलाई आह्वानसमेत गरिएको छ।
बैठकमा महासंघका केन्द्रीय सचिव रमेश विष्ट, केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र, न्युनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीको उपस्थिति रहेको थियो। पत्रकार महासंघका देशैभरका प्रदेश अध्यक्ष, महासचिव र शाखा अध्यक्षहरुको सहभागितामा राष्ट्रिय सम्मेलन हुन लागेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।