|

बंगलादेश र वेस्टइन्डिजबीच जारी तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा वेस्टइन्डिज ४ विकेटले विजयी भएको छ। पहिलो ब्याटिङ गर्दे बंगलादेशले दिएको २ सय ५५ रनको लक्ष्य बंगलादेशले ४९ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्‍याे। ओपनर साई होपले १ सय ४६ रनको शतकीय अविजित इनिङ खेलेपछि घरेलु टोली बंगलादेश पराजित भयो। मंगलबार वेस्टइन्डिजले जित निकालेसँगै सिरिज १–१ को बराबरीमा पुगेको छ।

घरेलु टोलीविरुद्ध वेस्टइन्डिजका होपले सम्यमित इनिङ खेले। उनले १ सय ४४ बल खेल्दै १२ चौका र ३ छक्काको मद्दतमा १ सय ४६ रनको शतकीय योगदान दिए। वेस्टइन्डिजका अन्य ब्याट्सम्यानको सामान्य स्कोरको मद्दतले पनि २ सय ५५ रनको स्कोर चेज गर्न वेस्टइन्डिज सफल भयो। वेस्टइन्डिजका लागि डरेन ब्राभो र मार्लोन स्यामुअल्सले क्रमशः २७ र २६ रन बनाउँदै होपलाई साथ दिए। १ सय ८५ रनमा ६ विकेट गुमाएको वेस्टइन्डिजलाई जित दिलाउन होपसँग छैटौँ विकेटका लागि केमो पाउलले ७१ रनको साझेदारी गरेका थिए।  पाउल १८ रनमा अविजित रहे।

टस हारेर पहिलो ब्याटिङ गरेको घरेलु टोली बंगलादेश तीन खेलाडीको अर्धशतकीय इनिङमा २ सय ५५ रनको स्कोर तयार गर्न सफल भयो। मध्यम स्कोर बनाउनेक्रममा ओपनर तमिम इकबालले ५० रन बनाए भने मुस्फिकर रहिमले ६२ तथा अलराउरन्डर सकिब अल हसनले ६५ रनको स्कोर तयार गरे। निर्धारित ५० ओभरमा बंगलादेशले ७ विकेट गुमाएको थियो। थप दोहोरो अंकको स्कोरका रूपमा ममुदुल्लाहले ३० रन बनाए भने मेदी हसन मिराज १० रनमा अविजित रहे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.