|

काठमाडौं : सरकारद्वारा गठित अनुसन्धान तथा प्रतिष्ठान विकास समिति (थिंक ट्यांक)ले कर्मचारीको तलब र प्रशासनिक खर्चका लागि सरकारसँग पाँच करोड रुपैयाँ मागेको छ। थिंक ट्यांकले आफ्नो जिम्मेवारीअनुसारको काम नथाल्दै सरकारसँग रकम माग गरेको हो।

थिंक ट्यांकका पदाधिकारी र कर्मचारीका लागि तलबमा मात्रै मासिक लाखौं रुपैयाँ खर्च हुने देखिएको छ। थिंक ट्यांक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सरकारी निकाय हो। उनीहरुलाई प्रधानमन्त्री कार्यालयले सरकारी खर्चबाटै तलब खुवाउनुपर्छ। तर, यहाँ काम गर्ने पदाधिकारी र कर्मचारीको तलब सुविधा विदेशी गैरसरकारी संस्थामा काम गर्ने कर्मचारी सरह कायम गरिएको समाचार राजधानी दैनिकमा छ।

थिंक ट्यांकका अध्यक्ष डा. चैतन्य मिश्रको मासि तलब दुई लाख २५ हजार रुपैयाँ काम गरिएको छ। जबकि, नेपाल सरकारका मुख्य सचिवको मासिक तलब ५५ हजार २०० रुपैयाँ मात्रै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.