|

टोटनह्याम च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा बार्सिलोनालाई एक एक गोलको बराबरीमा रोक्दै टोटनह्यामले नकआउट चरणमा स्थान पक्का गरेको हो।

समूह बी अन्तर्गतको खेलमा पछि परेको नतिजालाई उल्टाउँदै उसले अन्तिर १६ मा आफूलाई सुरक्षित राख्न सफल भयो। सातौँ मिनेटमा उसमान डेम्बेलेको गोलबाट घरेलु टोली बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो ।

तर खेलको ८५ औँ मिनेटमा लुकास माउराले टोटनह्यामका लागि बराबरी गोल गरे। यस्तै समूह उपविजेता बनेर अन्तिम १६ मा पुग्ने होडमा रहेको इटालियन क्लब पीएसभी एन्थोवेनसँग १–१ को बराबरीमा रोकिएपछि उ भाग्यमानी साववित भयो। 

समान अाठ अंक भए पनि गोलअन्तरका आधारमा टोटनह्याम समूह उपविजेता बनेको हो। यो समूहबाट समूह विजेताका रुपमा बार्सिलोनाले यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.