|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक र साँस्कृतिक विविधता मुलुकको अमूल्य निधिको रूपमा रहेको बताएकीछन्। 

विवाह पञ्चमीका अवसरमा राष्ट्रपति भण्डारीले दिएको सन्देशमा आदिकालमा ज्ञान, शिक्षा र सांस्कृति वैभवले सम्पन्न मिथिला भूमिमा रहेको आदर्श राज्य र राजश्री जनकको महिमाको गायन युगौँयुगदेखि हुँदै आएको छ। यस्तो गौरवपूर्ण स्थलमा हुने विवाव पञ्चमी महोत्सवको आफ्नै ऐतिहासिक महत्व छ। यसले हामी सबैलाई गौरवान्वित बनाइरहन्छ सन्देशमा उल्लेख छ।

सन्देशमा विभिन्न क्षेत्र र भूभागमा बसोबास गर्ने विभिन्न आस्था र विश्वास बोकेका सम्प्रदायको उत्साहपूर्वक सहभागिता हुने यस अवसरमा नेपालीहरूबीच आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव, सहिष्णुता र असल छिमेकी सम्बन्ध सुदृढ बनाउन मद्दत पुगोस् भन्ने कामना गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.