|

च्याम्पियन्स लिग फुटबलमा जित्नैपर्ने दबाबमा रहेको लिभरपुलले महत्त्वपूर्ण खेलमा जित  हात पारेको छ। मंगलबार राति भएको खेलमा नापोलीलाई १–० ले हराउँदै लिभरपुल प्रिमियर लिग क्लब प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको हो।

लिभरपुलको जितमा मोहमद सलाहले ३४ औ मिनेटमा गरेको विजयी गोल निर्णायक बन्यो। लिभरपुललाई अन्तिम १६ मा पुग्न स्पष्ट जितको आवश्यकता थियो, जसमा सलाहले जेम्स मिल्नरको पासलाई सदुपयोग गर्दै लिभरपुललाई प्रिक्वार्टरमा पुर्‍यायो। लिभरपुलका लागि गोलकिपर एलिसनले समेत उत्कृष्ट खेल प्रदर्शन गर्दै इटालियन क्लबलाई निराश बनाए।
 
जितसँगै लिभरपुल समूह 'सी' उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। लिभरपुलले ६ खेलमा ९ अंक जोड्यो। र, नापोलीसँग समान अंक जोडे पनि गोल अन्तरमा अघि रहँदै लिभरपुलले दोस्रो चरणको यात्रा तय गरेको हो। यस समूहबाट ११ अंक जोडेर पेरिस सेन्ट जर्मेन (पीएसजी) समूह विजेता बन्दै दोस्रो चरणमा पुग्न सफल भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.