|

भद्रपुर : सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा प्रहरीले झापाको गौरीगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ। 

गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखिया पक्राउ परेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए।

उनीहरूले भारत बिहारको सुपौल जिल्ला किसनपुराका मोहम्मद सदामका छोरा सात वर्षीय मैफुज आलमलाई अपहरण गरी दमकको एक होटलमा राखेका थिए।अपहरणकारीले अपहरणपछि बालकको परिवारसँग १५ लाख रुपैयाँ फिरौती मागेका थिए।

रकम तिर्न नसकेपछि आलमको परिवारले भारतीय प्रहरीको सहयोगमा इलाका प्रहरी कार्यालय गौरीगञ्जलाई खबर गरेका थियो। इलाका प्रहरी कार्यालय गौरीगञ्जको पहलमा नेपाल प्रहरीको टोलीले बालकलाई दमकको एउटा होटलबाट उद्धार गरी परिवारको जिम्मा लगाएको हो।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखी अनुसन्धान थालिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.