काठमाडौं : महोत्तरीको औरही नगरपालिका–२ फुलबरियामा बुधबार बिहान एक व्यक्ति मृत भेटिएका छन्। राति उखुबारीमा निलगाई धपाउन गएका स्थानीय ४० वर्षीय बेचु महतो बिहान मृत भेटिएका हुन्।
निलगाई धपाउन गएका महतो घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो। महतोको शव बिहान ४ बजे घरबाट झण्डै ७०० मिटर टाढा उखुबारीमा भेटिएको इलाका प्रहरी कार्याल गौशालाका प्रहरी निरिक्षक किशोर आचार्यले जानकारी दिए।
परिवारले महतोको हत्या भएको दाबी गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरिक्षक आचार्यले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।