|

काठमाडौं : वाइडवडीकाे जहाज खरिदका विषयमा अध्ययन गर्न संसदकाे लेखा समितिले छानबिन उपसमिति गठन गरेकाे छ। लामाे समयसम्म वायु सेवा निगमले किनेकाे वाइडबडी जहाजका विषयमा बहस गरेकाे समितिले राजेन्द्र केसीकाे संयाेजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेकाे हाे।

केसी संयाेजक रहेकाे उपसमितिमा कृष्णलाल महर्जन, चन्द्रा चाैधरी, प्रदीप यादव, प्रेम अाले, धर्मशिला चापागाई र मिना सुब्बा सदस्य रहेका छन्। समितिलाई १५ दिनकाे अवधि दिइएकाे छ।

उपसमितिले वाइडबडी खरिदकाे क्रममा समितिले वायु सेवा निगम, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र सार्वजनिक खरिद कार्यालयले दिएकाे कागजपत्रमा अध्ययन गरी छानविनकाे कार्यक्षेत्र दिइएकाे छ। वाइडबडी किन्ने क्रममा सार्वजनिक खरिद प्रकिया मिचिएकाे र रकम अनियमितता भएकाे सराेकारवालाले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.