|

कपिलवस्तु : कपिलवस्तुमा पोषणको स्थितीमा सुधार ल्याउन सुनौलो हजार दिन सञ्चार अभियान सुरु भएको छ।

पोषणको स्थितीमा सुधार ल्याउन स्वास्थ्य क्षेत्रको मात्र नभई शिक्षा, कृषि, पशु, खानेपानी तथा सरसफाई , स्थानिय विकास र महिला तथा बालबालिका कार्यालय जस्ता निकायहरुको पनि महत्वपुर्ण भुमिका हुने हुँदा सबैको लगानी एवं सहभागितामा उक्त अभियान सुरु भएको जनाइएको छ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्र र जिल्ला स्वास्थ्य कार्यालयले युरोपेली युनियन र युनिसेफ संगको सहकार्यमा सुनौलो हजार दिन सञ्चार अभियानको सुरुआत गरेको हो।

जिल्लामा महिला र बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन जिल्ला पोषण तथा खाद्य सुरक्षा समन्वय समिति मार्फत सुनौलो हजार दिन संचार अभियानको शुरुवात गरिएको छ।

राष्ट्रिय सञ्चार अभियान नेपालका २८ जिल्लाहरुमा चरणबद्ध रुपमा कार्यान्वयन गरिने सुचना संचार केन्द्रका स्वास्थ्य शिक्षा प्रशासक कुञ्ज प्रसाद जोशीले जानकारी दिए ।

जिल्लामा २५ वटा गाविसमा सुनौला हजार दिन भित्रका परिवारहरुको व्यवहार सघन रुपमा अनुगमन गरिने उनले बताए।

नेपालमा ५ वर्ष मुनिका ३७ प्रतिशत बालबालिका दीर्घकालीन कुपोषण बाट पिडीत रहेको उनले बताए।

के हो सुनौला हजार दिन?

महिला गर्भवती भएदेखि बच्चा २ वर्ष सम्मको अवधिलाइ सुनौलो हजार दिन भनिन्छ। यस अभियानमा महिला गर्भवती भएदेखि प्रसुति हुँदासम्म गर्नुपर्ने कार्यहरु, बच्चा जन्मेदेखि ६ महिनासम्मको अवधिमा गनुपर्ने कार्य, बच्चा ६ महिना पुगेदेखि १२ महिनासम्मको अवधिमा गर्नुपर्ने कार्य र बच्चा १३ देखि २४ महिनासम्मको अवधिमा गर्नुै पर्ने कार्यलाइ मुख्य प्राथमिकतामा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.