|

काठमाडौं : पुस २७ गतेबाट प्रदशर्नमा आउने फिल्म 'चौका दाउ'को ट्रेलर सार्वजनिक भएको छ। बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलर निकै कमेडी बनाइएको छ। ट्रेलरमा फिल्मका कलाकारको पात्र परिचयलाई पनि जोड दिइएको छ।

ट्रेलरमा विल्सन विक्रम राई, सन्तोष पन्त, रवीन्द्र झा, तैयव शाह नायिका वर्षा राउतको पछि परेका छन्। ट्रेलरको अन्त्यमा वर्षाले उनीहरुलाई फसाएको देखाइएको छ।

पूणेन्दु झा निर्देशित यस फिल्ममा वर्षा, विल्सन विक्रम, रवीन्द्र, सन्तोष, तैयबसँगै अजस्र ढुंगाना, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, सागर सिग्देल लगायतको अभिनय छ। शम्भुजित बाँस्कोटाको कथा र संगीत रहेको फिल्मलाई मनोज राजभण्डारी र सौर्यजित बाँस्कोटाले निर्माण गरेका हुन्।

अभिमन्यू निरवीले लेखेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी रहेको छ। दीर्घ गुरुङले खिचेको फिल्मलाई मित्र डि. गुरुङले सम्पादन गरेका छन्।

हेर्नुहोस् ट्रेलर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.