|

सोलुखुम्बु : जिल्लामा पहिलोपटक भूकम्पपीडितले लिएको प्रथम किस्ताको अनुदान रकम फिर्ता गरेका छन्। सोलुदुधकुण्ड नगरपालिकाका एक लाभग्राहीले आफुले प्राधिकरणको नियमअनुसार घर निर्माण गर्ननसक्ने भन्दै अनुदान रकम फिर्ता गरेका हुन्।   २०७२ सालको भुकम्पले सोदुधकुण्ड नगरपालिका ६ खोरियाका छिरिङ शेर्पाको घर पूर्णक्षति भएको प्राविधिकले प्रमाणीकरण गरेपछि लाभग्राही सूचीमा नाम आएको थियो। अमेरिकामा बस्दै आएका लाभग्राही छिरिङ शेर्पाले प्राप्त गर्ने पहिलो किस्ता बापतको अनुदान रु.५० हजार उनका काका आङबाबु शेर्पाले बुझिदिएका थिए। 

अनुदान रकम लिएपछि घरको डिबिसि गरेर दोस्रो किस्ताको लागि प्रकृया अगाडि बढाउनुपर्ने भएपनि शेर्पाले कुनै पनि प्रकृयानै सुरु गरेनन्। अमेरिकामा बस्दै आएका शेर्पाले अझै आफु २ बर्ष सम्म नेपाल आउन नसक्ने बताएको उनका काका आङबाबु शेर्पाले सुनाए। 'अनुदान लिने लाभग्राहीले घर बनाएन भने कार्वाही हुन्छ रे, त्याही कुरा मैले मेरो भतिजलाई सुनाए।' शेर्पाले भने, “घर नबनाउने लाभग्राहीले अनुदान फिर्ता गर्नुपर्ने खबर सुनियो अनी भतिजोले पनि फिर्ता गरिदिनु भनेपछि फिर्ता गरेको हुँ।'

सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ मा आयोजीत प्रवलीकरण सम्बन्धि अभिमुखिकरण तथा तथ्याङक संकलन कार्यक्रममा मंगलबार शेर्पाले प्राधिकरण सोलुखुम्बुका प्रमुख बिष्णुलामीछानेलाई पहिलो किस्ता बापतको ५० हजार रकम फिर्ता गरेका हुन्। प्राधिकरणको नियमअनुसार घर निर्माण गर्न नसक्ने भएपछि उक्त रकम फिर्ता गरीएको शेर्पा परिवारले जनाएको छ। अनुदान रकम लिने तर घर निर्माण नगर्ने लाभग्राहीलाई भने कालोसुचिमा राखेर कार्वाही गर्ने प्राधिकरणको निर्णयलाई जनप्रतिनिधिहरुले समेत जनतालाई सुनाउनथालेपछि अनुदान रकम फिर्ता हुनथालेको नगरपालिकाको भनाई छ।

सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ का अध्यक्ष राम कुमार श्रेष्ठका अनुसार प्रत्येक टोलमा गएर अनिवार्य घर निर्माण गर्न अनुरोध गरिएको छ। घर निर्माण नगर्ने लाभग्राहीलाई नेपाल सरकारले कार्वाही गर्ने जानकारी गराउँदै हिडेपछि रकम फिर्ता हुनथालेको अध्यक्ष श्रेष्ठको भनाई छ।

'वास्तविक पिडित अझै छुटेका छन्।” अध्यक्ष श्रेष्ठले भने, “पिडित नभई भुलबस लाभग्राही सुचीमा परेर घर निर्माण नगर्नेबाट अनुदान रकम फिर्ता गराउनु हाम्रो पनि दायित्व हो।' अनुदान लिएर घर बनाउन नसक्ने भएमा इमान्दारिताका साथ अनुदान रकम फिर्ता गर्न जिल्ला प्रधिकरण कार्यन्वय इकाइ सोलुखुम्बुका प्रमुख बिष्णु लामीछाने सबैलाई अनुरोध गरेका छन्। राज्यले दण्ड लगाएर फिर्ता गर्नुभन्दा आफुले इमान्दारी भएर फिर्ता गर्नुनै सभ्यनागरिकको पहिचान कायम हुने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.