|

उदयपुर  : उदयपुरको कटारी नगरपालिका ८ घुम्ती शिरिसेमा बुधबार आगलागीबाट तीन घर जलेका छन्। आगलागीबाट ८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार स्थानीय कृष्णलाल श्रेष्ठको फुसको छाना भएको एकतले घर, नगद १५ हजार, किराना सामान, अन्नपात, लत्ताकपडा, भाँडावर्तनसहित अन्दाजी ४ लाख मूल्य बराबरको क्षति भएको छ। त्यसैगरी दिलबहादुर श्रेष्ठको फुसको छाना भएको एकतले घर र काठपातसहित अन्दाजी एक लाख मूल्य बराबरको क्षति भएको प्रहरीको भनाइ छ। यसैगरी, मकर बहादुर श्रेष्ठको फुसको छाना भएको १ तले घर, नगद ३ हजार, लत्ताकपडा, भाँडावर्तन र अन्नपातसहित अन्दाजी ३ लाख मूल्य बराबरको क्षति भएको छ। स्थानीयकै घरमा आगो बाल्नेक्रममा आगोलागी भएको एसपी राईको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.