|

रुकुम : रुकुम पश्चिम बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट गर्ने ३ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा ल्याइएको छ। मंगलबार राती कुटपिटमा संलग्न भएको भन्दै ८ जनालाई पक्राउ गरिए पनि अन्य ५ जनालाई छोडेर ३ जनालाई जिल्लामा ल्याइएको हो। पक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका वडा नम्बर ४ का १८ वर्षीय चम्मन बिक, १९ बर्षिय रेमन बिक र १७ बर्षिय रामबहादुर बिक रहेका छन्।

कुटपिटमा संलग्न रेमन गाउँपालिकाको वडा नम्बर ४ का वडा कार्यालयका कार्यालय सहयोगीसमेत रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले बताए। ‘पक्राउ परेका ८ जनालाई नै अध्यक्षसामु लगेर देखाउँदा उहाँले नै ३ जना मात्र कुटपिटमा संलग्न भएको भनी बताएपछि अरुलाई छोडियो’ प्रमुख खड्काले भने, ‘यी ३ जनाले पनि के कारण र मनसायले कुटपिट गरे थप अनुसन्धान हुदैछ, ज्यान मार्ने उद्योग वा सार्बजनिक अपराध कुन मुद्धा लगाउने थप अनुसन्धानबाट निर्णय हुन्छ।’  गाउँपालिकाको वडा नम्बर ४ स्थित आफ्नै घरमा रहेका अध्यक्ष केसीमाथि स्थानीय युवाहरुको हिजोराती कुटपिट गरेका थिए। कुटपिटपछि केसीको टाउकोमा ३ वटा टाँका लगाइएको छ भने अन्य ठाउँमा पनि चोट छ।  उनलाई बाँफिकोट स्वास्थ्य चौकीमा राति नै लगेर उपचार गराईएको थियो।

मदिरा सेवन गरि स्थानीय एक बिहेबाट फर्किरहेका युवाले अध्यक्ष केसीको घरमा ढुङ्गामुढा गरेको र घर बाहिर आएर अध्यक्ष केसीले त्यसो नगर्न आग्रह गर्दा उनीमाथि नै जाईलागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.