|

चितवन : भरतपुरको गेस्ट हाउस चौरमा बनाउने भनिएको विवादित सिटी हल निर्माण प्रकरणले नयाँ मोड लिने भएको छ। भरतपुर महानगरले जिल्ला समन्वय समितिको जग्गामा सिटी हल निर्माण गर्ने निर्णय गरेपछि आफूहरूको माग पूरा भएको विवेकशील साझा पार्टी चितवनका संयोजक भूपेन्द्र बस्नेतले बताएका छन्। उनी भन्छन्, 'गेस्ट हाउस चौर जोगाउन सकिएकोमा हामी खुसी छौँ।'

भरतपुर महानगरले गेस्ट हाउस चौरमा सिटी हल निर्माण गर्ने निर्णय गरेपश्चात विवेकशील साझा पार्टी चितवनको नेतृत्वमा छ विभिन्न राजनीतिक दलहरू र नागरिक समाजले विरोध गरेका थिए। यसै सन्दर्भमा विवेकशील साझा पार्टी चितवनले यसका केन्द्रीय प्रवक्ता सूर्यराज आचार्यलाई चितवन बोलाएर चितवनको शिवनगरमा विकेन्द्रिकृत विकासको विषयमा कार्यपत्र प्रस्तुत गरेको थियो।

भरतपुरको गेस्ट हाउस चौरमा बनाउने भनिएको सिटी हल शहरको बीचमा खुला स्थान चाहिने भन्दै विवेकशील साझाले उक्त हल पश्चिम चितवनको पार्वतीपुर, शिवनगर, पटिहानी चनौली वा मेगौलीमा निर्माण गर्नुपर्ने मत राखेको थियो। वाततावरण, ग्रामीण विकास र संचारमा विशेष दखल राख्ने विवेकशील साझा चितवनका संयोजक भूपेन्द्र बस्नेत अब 'नयाँ भरतपुर'को अवधारणा कार्यान्वयन गर्नुपर्ने बताउँछन्। 

उनले आफूहरूले हठात् निर्णय र राजनीतिक बदला भन्दा याेजनाबद्ध विकास चाहेको बताएका छन्। साथै उनले सिटी हललाई दूरगामी प्रभावको याेजना भएको, अहिले सिटी हल निर्माणमा अध्ययनको अभाव भएको र व्यापारिक लेनदेन जस्तो देखिएको छ बताएका छन्। यस्तो विकासले के निकास पाउला? भन्दै उनले एक विज्ञप्तिमार्फत् यसको निर्माणमा शंका व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.