|

काठमाडौं : गुड खानु जति मीठो हुन्छ, यो स्वास्थ्यका लागि त्यति नै गुणकारी हुन्छ। रगतको कमी हुनेहरूका लागि नियमित गुड खानु राम्रो मानिन्छ। यस्तै, गुडमा प्रशस्त मात्रामा शरीरमा विभिन्न संक्रमणसँग लड्न सक्ने एन्टिबायोटिक गुण हुन्छ। यसका अलावा गुडमा प्रशस्त मात्रामा आइरन पाइने गर्छ। त्यसैले जाडो वा अन्य जुनसुकै मौसममा पनि गुड खानु स्वास्थ्यका लागि धेरै राम्रो मानिन्छ।

चिसोमा गुड खानुका फाइदा

  • गुडमा एन्टिबायोटिक तत्त्व हुने भएकाले चिसो मौसममा हुने विभिन्न खालका संक्रमणहरूबाट बच्न पनि गुड खानु राम्रो मानिन्छ।
  • यदि शरीरमा चिसोका कारणले हुने एलर्जी छ वा अन्य कुनै कारणले एलर्जी हुने समस्या छ भने पनि खाली पेटमा कागतीको रसमा गुड मिसाएर खाने गर्नाले एलर्जी हुने समस्याबाट बच्न सकिन्छ।
  • यो मौसममा चिसोबाट बच्नका लागि गुडको चिया खानु राम्रो हुन्छ। यस्तै, हरेक दिन तुलसीको पत्ता र गुडलाई पानीमा मज्जाले उमालेर यसको पानी खाने गर्नाले पनि राम्रो हुन्छ। यसमा प्रशस्त मात्रामा पाइने आइरनले शरीर न्यानो बनाउन सहयोग गर्नुका साथै अन्य विविध संक्रमणबाट बचाउँछ।
  • गुड र तिल मिसाएर बनाइएको लड्डु खाने गर्नाले पनि शरीरका लागि राम्रो हुन्छ। यसले शरीरमा रगतको कमी हुन नदिनुका साथै विभिन्न खालका पोषक तत्त्वहरू उपलब्ध गाराउँछ।
  • गुडमा प्रशस्त मात्रामा सेलेनियम हुन्छ र यसले शरीरमा एन्टीअक्सिडेन्टको काम गर्छ। यसले घाँटी र फोक्सोमा इन्फेक्सन हुनबाट बचाउँछ। साथै घाँटी र फोक्सोलाई स्वस्थ राख्नमा सहयोग गर्ने हुनाले गुडलाई दूधमा मिसाएर खानाले फोक्सोमा हुने संक्रमणबाट जोगाउँछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.