|

बेलायतकी प्रधानमन्त्री टेरिजा मे विरुद्ध संसदमा अविश्वासको प्रस्ताव संसदमा दर्ता भएको छ।

बेक्जिटको मुद्दामा प्रधानमन्त्री मे असफल भएको भन्दै उनकै पार्टी कन्जरभेटिवका सांसदहरूले संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् जसमा बुधबार नै मतदान हुनेछ। कन्जरभेटिभ पार्टीका ४८ सांसदले मे विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

बहुमत सांसदहरूले प्रधानमन्त्री मे को विरुद्धमा मतदान गरे उनले पदबाट छोड्नुपर्ने हुन्छ।

मतदान स्थानीय समयअनुसार साँझ ६ बजेदेखि ८ बजेसम्म (नेपाली समयअनुसार राति पौने १२ बजेदेखि पौने २ बजेसम्म) हुनेछ। राति पौने ३ बजे मतदानको परिणाम आउनेछ।

संसदमा आफूविरुद्ध अविश्वासको प्रस्ताव आएसँगै आयरल्यान्डका प्रधानमन्त्री लियो वराडकरसँगको भेट रद्द गरेका छन्। उनले आफूविरुद्धको अविश्वास प्रस्तावको सामना गर्नका लागि तयारीमा लागेको बताएकी छन्।

उनले आफूलाई बर्खास्त गरे बेलायतको भविष्य खतरामा पर्ने बताएकी छन्। मे विरुद्ध बेक्जिबारे लिएको फैसला कार्यान्वयन हुन तीन महिना पहिले आएको हो।

बीबीसीका अनुसार उक्त प्रस्तावमा जित हासिल गरेपनि प्रधानमन्त्री मे को पार्टीमा स्थिति एकदमै कमजोर हुनेछ। उनलाई अर्को वर्षसम्म भने अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने अवस्था नरहने बताइएको छ। उनले हारे भने पार्टीको नयाँ नेतृत्व आउनेछ जहाँ मे उम्मेदवार बन्न सक्ने छैनन्। पार्टीका नयाँ नेता नै प्रधानमन्त्री बन्नेछन्।

टेरिजा मे सन् २०१६ मा ब्रेक्जिटबारे भएको जनमत संग्रह पछि प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्। जहाँ मतदाताहरूले बेलायतलाई युरोपियन यूनियनबाट अलग हुने पक्षमा मत जाहेर गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.