|

हेटौंडा : नेपालको तीब्र आर्थिक विकासमा बेलायत साथी बन्ने नेपालका लागि बेलायती राजदूत रिचर्ड सि मोरिसले बताएका छन्। मकवानपुर उद्योग बाणिज्य संघको निमन्त्रणामा बुधबार हेटौंडा आइपुगेका मोरिसले स्वागत एव‌ं सम्मान ग्रहण गर्दै नेपाल-बेलायतबीच २०२ वर्ष पुरानो सम्बन्ध रहेको स्मरण गराउँदै नेपालले अब तीव्ररुपमा आर्थिक विकास गर्ने अपेक्षा आफूहरूले गरेको बताए।

राजदूत मोरिसले नेपालमा राजनीतिक स्थिरता कायमसँगै विकासका लागि अगाडि बढ्ने र फलस्वरुप नेपाल अझै सुन्दर हुने दावी गरे। उनले नेपालमा विस्तारै लगानीमैत्री वातावरण तयार हुने र युवाका लागि रोजगारीको अवसर सिर्जना हुने बताए। उनले प्रदेश ३ को पहिलो आधिकारिक भ्रमणमा आफू आएको बताउँदै नेपालको विभिन्न क्षेत्रमा बेलायतले गरेको सहयोगबारे समेत स्मरण गराएका थिए। 

मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा सहयोग गर्न आग्रह गरेका छन्। उनले मकवानपुर उद्योग बाणिज्य संघले सुरुवात गरेको अतिथि सदन निर्माण र महोत्सवको बारेमा समेत जानकारी गराएका थिए।

संघ सदस्य नरेन्द्र भण्डारीले संघको विगतदेखि हालसम्मको अवस्थाबारे जानकारी गराएका थिए। उनी दुईदिनको भ्रमणका लागि हेटौंडा आएको र प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, जिल्ला समन्वय समितिसँग भेटवार्ता गरेका थिए भने शहीद स्मारकको समेत भ्रमण गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.