समाज : सुरक्षा/अपराध

जन्ती बाेकेकाे स्काेर्पियाेलाई बसले ठक्कर दिँदा ६ जनाकाे मृत्यु
SHARES

मंसिर २७, २०७५

    काठमाडौं : दाङको लमही नगरपालिकाको रिहारमा बस र जन्ती बोकेको स्कोर्पियो एकापसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ।

    पूर्वपश्चिम राजमार्गअन्तरगत लमही नगरपालिका–९ रिहारस्थित प्रहरी चौकीनजिकै महेन्द्रनगरदेखि काठमाडौतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस र चितवनबाटदेखि बाँकेको  शम्शेरगन्ञतर्फ जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कोर्पियो जीप ठोक्किँदा ६ जनाको मृत्यु भएको दाङका प्रहरी नायब निरीक्षक पुरन मल्लले जानकारी दिए।

    मृत्यु हुुनेमा  राप्ती सोनारी गाउँपालिका-८ का विश्वनाथ अधिकारी, प्रविण केसी, मानबहादुर केसी, बिमला केसी, दीपक खड्का र कोहपुर नगरपालिका १२ का तप्तबहादुर खत्री रहेको प्रहरीले जनाएको छ। त्यस्तै, घाइते हुनेमा राप्ती सोनारी गाउँपालिका-८ की गीतादेवि खत्री र चालक यामबहादुर बुढा रहेका छन्।

    विवाहका लागि चितवनबाट बेहुली लिएर बाँकेको शम्सेरगञ्ज राप्ती सोनारी गाँउपालिकातर्फ जाँदै गरेका उनीहरु बेहुलाका बाबुआमा पनि रहेको प्रहरीले जनाएको छ। बेहुला र बेहुली भने अर्कै गाडीमा रहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]