|

युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट समिकरण पूरा भएको छ। बुधबार राति भएका खेलसँगै च्याम्पियन्स लिग फुटबलमा पुग्ने सबै १६ टिमको तय भएको हो। बुधबार राति भएका खेलमा समूह इ मा बार्यन म्युनिख विजेता र आयाक्स उपविजेताका रुपमा नकआउटमा स्थान बनाउन सफल भए।

समूहको अन्तिम खेलमा बार्यन र आयाक्सले तीन तीन गोलको सनसनिपुर्ण बराबरी खेल्दै  बार्यन विजेता र आयाक्स उपविजेता बने। यस्तै समुह एफबाट म्यानचेस्टर सिटी विजेता र लियोन उपविजेताका रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरे। सिटीले होफेनहमलाई दुई एकले हरायो। सिटीको जितमा सानेले दुई गोल गरे। त्यस्तै लियोनले सख्तर डोनेस्कसँग एक–एक गोलको बराबरी खेलेपछि उपविजेता बन्यो।

समुह जीबाट रियल मड्रिड विजेता र रोमा उपविजेता बन्दै नकआटमा स्थान पक्का गरे। घरेलु मैदानमा रियल पराजित हुँदा अर्को खेलमा रोमा पनि भिक्टोरिया प्लेइजिङसँग दुई एकले हार्न पुग्या। रोमाको पराजयका कारण यसअघि नै नकआउट चरणमा पुगेको रियल विजेता बन्यो भने पराजित रोमा उपविजेता बन्यो। त्यस्तै अन्तिम समुहका रुपमा रहेको समुह एचबाट युभेन्टस विजेता र म्यानचेस्टर युनाइटेड उपविजेताका रुपमा अघिल्लो चरण पुग्न सफल भए। दुबै टिमले समुहको अन्तिम खेलमा पराजित भए। युभेन्टस योङ बोइजसँग दुई एकले पराजित हुँदा  म्यानचेस्टर युनाईटेडभने भ्यालेन्सियासँग पराजित भयो।

नकआउटचरण पुग्ने १६ टिम

समूह ए– बोरुसिया डर्टमुन्ड (विजेता), एट्लेटिको मड्रिड (उपविजेता)

समूह बी– बार्सिलोना (विजेता), टोटनह्याम (उपविजेता)

समूह सी– पेरीस सेन्ट जर्मेन (विजेता), लिभरपुल (उपविजेता)

समूह डी –पोर्टो (विजेता), साल्के (उपविजेता)

समूह ई – बार्यन म्युनिख (विजेता), आयाक्स (उपविजेता)

समूह एफ– म्यानचेस्टर सिटी (विजेता), लियोन (उपविजेता)

समूह जी– रियल म्याड्रिड (विजेता), रोमा (उपविजेता)

समूह एच–युभेन्टस (विजेता), म्यानचेस्टर युनाईटेड (उपविजेता)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.