|

उदयपुर : जंगली हात्तीको आक्रमणबाट उदयपुरको बेलका नगरपालिका–३ का ५० वर्षीय बुद्धिमान मगरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी अर्जुन रानाभाटका अनुसार कोशी वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीको समूहले मगरको ज्यान लिएको हो।

उनको बुधबार साँझ बेलका नगरपालिका–३ मा रहेको घर नजिकैको लेमन ग्रास चोकपूर्व गोठालो जाने क्रममा हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ। सुनसरी र उदयपुरको सीमा क्षेत्रमा घटना भएकाले सुनसरीको प्रहरी आउँदै गरेको र उदयपुरबाट पनि प्रहरी घटना स्थलतर्फ खटाइएको डिएसपी रानाभाटले जानकारी दिए। कोशी टप्पु क्षेत्रमा पर्ने उक्त घटना स्थल कुन जिल्लाको क्षेत्रमा पर्ने भन्ने प्रहरीबीच विवाद देखिएको छ।

रातभरत घर नआएका उनी बिहीबार मृत फेला परेको प्रहरीको भनाइ छ। बेलका क्षेत्रमा बर्सेनि जंगली हात्तीको आक्रमणबाट सर्वसाधरणले ज्यान गुमाउँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.