|

सिन्धुली : दरबन्दीअनुसारका कर्मचारी नहुँदा सदरमुकामस्थित सिन्धुली अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ। अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा जिल्लावासीहरु उपचारका लागि काठमाडौंलगायतका सहर धाउन बाध्य छन्।

अस्पतालमा २३ जना कर्मचारीको दरवन्दी खाली रहेको अस्पताल प्रशासनले जनाएको छ। जसमध्ये ६ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहे पनि स्त्रीरोग र हाडजोर्नीका विशेषज्ञ मात्र कार्यरत छन्।

स्वास्थ्य मन्त्रालयले अस्पतालमा बालरोग विशेषज्ञ बुलु वाग्लेलाई खटाएको भए पनि उनी काठमाडौंस्थित कान्ति बाल अस्पतालमा काजमा छन्। यसैगरी अस्थायी दरबन्दीका हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ लक्ष्मीकान्त शर्मा पनि काठमाडौंकै वीर अस्पतालमा काजमा छन्। दरबन्दीअनुसारका अन्य विशेषज्ञ डाक्टरलाई भने हालसम्म नखटाइएको जिल्ला अस्पताल सिन्धुलीका प्रमुख तथा मेडिकल सुपरिटेण्डेट डा. सुमित्रा गौतमले जानकारी दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.