|

काठमाडौं : सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबरा सिफारिस भएका छन्।

बिहिवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकबाट प्रधानन्यायाधीशमा जबरा सर्वसम्मत सिफारिस भएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए। 

संवैधानिक परिषदका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख विपक्षी दलका नेता काँग्रेस सभापति शेरबहादुर देउवा ढिलोगरी उपस्थित भएका कारण ढिलो शुरू भएकाे थियाे। सुरू भएकाे केही समयमै बैठक सकिएकाे थियाे। 

संवैधानिक परिषदले गरेको सिफारिस संसदको सुनुवाइ विशेष समितिमा पठाउनेछ। जसबाट नाम अनुमोदित भएपछि प्रधानन्यायाधीशमा राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ। 

संवैधानिक आयोगका पदाधिकारी तथा सदस्य नियुक्ति भने अागामी बैठकमा हुनेछ। प्रमुख विपक्षी दलका नेता कांग्रेस सभापति तथा संवैधानिक परिषद्का सदस्य शेरबहादुर देउवा व्यस्त भएका कारण कांग्रेसको महासमिति बैठक पछि मात्रै आगामी बैठक बस्ने भएको छ।   बैठकको मिति भने नतोकिएको संवैधानिक परिषद्का सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जानकारी दिए।

संवैधानिक परिषदले 'नेपालको संविधान'ले व्यवस्था गरेका थारु आयोग, मुस्लिम आयोग, मधेसी आयोग, आदिवासी जनजाति आयोग, समावेशी आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महिला आयोग र दलित आयोगका पदाधिकारी र सदस्यको सिफारिश गर्नेछ। संवैधानिक परिषद निकट स्रोतका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यी आयोगहरूमा हिस्सा खोजेको छ।

संवैधानिक परिषद बैठक पुस ५ गतेसम्म स्थगित, फेरि पनि जोशीले कामु सम्हाल्ने!

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.