|

काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी बिद्रोहमा थारू समुदायको योगदान पार्टीका लागि सबैभन्दा ठूलो पुँजी भएको बताएका छन्। मुक्तिक डगर थारू भाषाको पत्रिकाको बिहिवार काठमाडौंमा बिमोचन गर्दै अध्यक्ष प्रचण्डले माओवादीले १० वर्षे आन्दोलन शुरु गर्दा थारू समुदायबीचबाट शुरु गरेको स्मरण गरे।

माओवादी आन्दोलनका सहिद जोखन रत्गैयाँ चौधरी स्मृति प्रतिस्ठान र थारू मिडिया एण्ड रिसर्च सेन्टरले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आन्दोलनमा सबैभन्दा बढी योगदान दिएका थारू समुदायलाई राज्यले भने सबैभन्दा बढी दमन गरेको बताए। 'राज्यले सबैभन्दा बढी दमन थारूलाई नै गरेको थियो। राष्ट्रसंघको दस्तावेजमा पनि थारू समुदाय सबैभन्दा बढी बेपत्ता, राज्यबाट निर्मम दमनमा परे', अध्यक्ष प्रचण्डले भने।

इतिहासमा थारू समुदायले सामाजिक रुपान्तरणका निम्ती गरेको विद्रोह सबैका लागि गर्वको कुरा भएको भन्दै प्रचण्डले नेपाल अहिलेको स्थितीमा पुग्नु भनेको जोखन चौधरी जस्ता तमाम सहिदहरूको योगदानका कारण सम्भव भएको बताए। 'अहिलेसम्म मुलुक आइपुग्न हजारौं सहिदको रगत र बलिदान रहेको छ। मानव समाजको विकासको यात्रा नै त्यस्तै छ। संसारभर जति जे जति परिवर्तन, सभ्यताको विकास भएको छ', उनले भने 'त्यसमा त्यसको पछाडी हजारौं, लाखौं करोडौं सहिदहरूको योऊदान र बलिदान रहेको छ र मात्रै समाज गतिशिल रूपमा अगाडी बढेको छ।'

अहिलेका विकसित देशहरू हेर्दा त्यहाँ पनि हजारौं मान्छेहरूको बलिदान रहेको भन्दै उनले बलिदानबाट नै मानव समाज आजको विन्दुसम्म आइपुगेको बताए।

नेपालमा उत्पिडित जाती,  उत्पिडित वर्ग, क्षेत्र समुदाय र वर्गको बिद्रोह र बलिदान नभएको भए आज मुलुक यो अवस्थामा नहुने भन्दै प्रचण्डले अहिलेको राजनीतिक परिवर्तनको पछाडी जनयुद्ध अगाडी पनि थुप्रदै आन्दोलनहरू भएको बताए। '१० वर्षको जनयुद्धमा हजारौंको बलिदानी भएको छ र जनआन्दोलनहरूमा पनि त्यस्तै भएको छ। त्यसैको परिणाम आज हामी यो विन्दुमा छौ', उनले भने 'यो उपलब्धी त हो तर पूर्ण होइन। हाम्रा सहिदहरूले जे सपना देखेका थिए त्यो पुरा भएको छैन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.