|

कालिकोट : खाँडाचक्र नगरपालिका–८ को पिलीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खाँडाचक्र नगरपालिका–९ का दीपक मल्ल रहेका छन् भने एक जनकाको खनाखत हुन नसकेको पिली प्रहरी बिटका हवल्दार वीरेन्द्र मल्लले जानकारी दिए।

बिहीबार बिहान करिब ११ बजे भे ५ च ८११८ नम्बरको दुई जना सवार मोटरसाइकल कर्णाली राजमार्गको पिली भीर करिब एक किलोमिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.