|

काठमाडौंः क्यू पे प्राइभेट लिमिटेड (क्यूपे)ले नेपाली बजारमा युनियनपेको पेमेन्ट प्रडक्टहरू लञ्च गर्न लागेको छ । यो क्यूपेको लागि ठूलो उपलब्धि हो । युनियन पे इन्टरनेशनल (यूपीआई)सँगको यस सहकार्य/साझेदारीले क्यूपे र युनियन पे क्यूआर कोड नेटवर्कभित्र सहजै कारोबार गर्न मिल्नेछ । नेपालमा भुक्तानी सेवालाई विद्युतीयकरण गर्ने नेपाल राष्ट्र बैङ्क (नेराबैं)ले प्रयास गर्दै आएको छ । नेराबैंको सोही पहल अनुसरण गर्दै क्यूपेले यो प्रयास गरेको हो । क्यूआरले अहिले गरिरहेको र भविष्यमा गर्ने योजना बनाएको यस्तै प्रयासहरुले भुक्तानी सेवालाई विद्युतीयकरण गर्ने नेराबैंको पहललाई थप टेवा दिने अपेक्षा गरिएको छ । 

क्युपे एक नेपाली कम्पनी हो । कम्पनीले यस अघि नै घरेलु बजारमा क्यूपे एप क्यूआरमा आधारित मोबाइल वालेट पनि ल्याएको थियो । यो एप नवीनतम उन्नत प्रविधि अर्थात् ‘कटिङ एज टेक्नोलोजी’मा आधारित छ । यसबाट क्यूपेका उपभोक्ताहरुले विभिन्न उत्पादन र सेवाहरुको भुक्तानी भरपर्दो, सरल र निकै सजिलो तरिकाले गर्न सक्छन् । यो सहकार्यले क्यूपेका उपभोक्ताहरुलाई नबिल र सिद्धार्थ बैङ्कका साथै युनियन पेको सदस्य क्यूआर मर्चेण्ट नेटवर्कमा आवद्ध मर्चेन्टकहाँ उपलब्ध उत्पादन/सेवाको कारोबार अनलाइनबाटै गर्न सक्षम बनाउनेछ । नबिल बैङ्क र सिद्धार्थ बैङ्कका ग्राहकहरुले पनि क्यूपे क्यूआर मर्चेण्ट नेटवर्कमा आवद्ध मर्चेन्टसँग कारोबार गर्न सक्नेछन् । 

पछिल्लो समय विश्वभर मोबाइलबाटै भुक्तानी गर्ने प्रणालीको तीव्र गतिमा वृद्धि भइरहेको छ । क्यूपे र युनियनपे क्यूआर कोड नेटवर्कबीचको यो ‘इन्टरओपेराबिलिटी’ले चिनियाँ पयर्टक/युनियन पेका कार्डबाहकहरुलाई आप्mनै मोबाइल वालेटबाटै क्यूपे क्यूआर मर्चेण्ट नेटवर्कमा भएका उत्पादन र सेवाको निर्वाध भुक्तानी गर्ने मौका दिनेछ । क्यूपे र युनियनपेबीचको यस सहकार्यले नेपालमा भुक्तानीको डिजिटल माध्यमको विकासलाई प्रेरित गर्नुको साथै विकासमा योगदान पनि दिने अपेक्षा समेत गरिएको छ । 

यूपीआई चाइना यूनियन पेको सहायक कम्पनी हो । हालैका वर्षहरुम यूपीआई युनियनपेको विश्वव्यापी व्यवसाय वृद्धि र विस्तर गर्नमा बढी केन्द्रीत देखिएको छ । मुख्यभूभि चीनबाहिर विश्वका २ हजार संस्थाहरुसँगको साझेदारी गरेर युपीआईले १ सय ७१ देश र क्षेत्रमा यूनियन पे कार्ड चल्ने बनाएको छ । कम्पनीले ५० देश र क्षेत्रमा यूनियन पेको कार्ड जारी पनि गरेको छ । युनयनपेका कार्डबाहकको समूह विश्वको सबैभन्दा ठूलो कार्डबाहक समूह मध्ये पर्दछ ।

युपीआईले उच्च गुणस्तरको, लागत प्रभावकारी रसीमा आरपार सुरक्षित भुक्तानी सेवा उपलब्ध गराइरहेको छ । विश्वभर युनियनपेका कार्डबाहक र मर्चेण्टहरुको बढ्दो जमातलाई स्थानीय सेवाको सहजै उपलब्ध होस् भन्ने सुनिश्चत गर्ने प्रयास पनि यूपीआईले गरेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.