|

काठमाडौं : प्रेस काउन्सिल नेपाल र म्यान्मार प्रेस काउन्सिलबीच सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र म्यान्मार प्रेस काउन्सिलका अध्यक्ष ओहन केइङसले आज यहाँ समझदारीपत्रमा हस्ताक्षर गरे। प्रेस काउन्सिल नेपालको निमन्त्रणामा यहाँ आएको म्यान्मार र श्रीलंका काउन्सिलका अध्यक्षसहितको नौ सदस्यीय टोलीलाई बुधबार स्वागत गरियो। 

लुम्बिनी, पोखरा, चितवन, पाल्पा र काठमाडौँको भ्रमणसमेत गर्ने उद्देश्यले श्रील‌ंका अध्यक्ष बन्दुला कोग्गाला बेल्लालागेसहित चार र म्यान्माका अध्यक्ष केइङसहित पाँच जनाको टोली काठमाडौँ आएको थियो।

कार्यवाहक अध्यक्ष श्रेष्ठले काउन्सिलले पत्रकार आचारसंहिता जारी गरेर कार्यान्वयन गर्ने, पत्रपत्रिका वर्गीकरण गर्नेलगायतका गतिविधिबारे जानकारी गराए। 

श्रीलंका प्रेस काउन्सिलका अध्यक्ष बेल्लालागे र म्यान्माका अध्यक्ष ९१ वर्षीय केइङले भ्रमणले नेपालसँगको सम्बन्ध अझ मैत्रीपूर्ण हुने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.