|

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठक एक दिन सरेको छ। पार्टी केन्द्रीय समिति बैठकमा पेस भएको विधान मस्यौदालगायत दस्तावेजमा सहमति नजुटेपछि कांग्रेसले महासमिति बैठक सारेको हो। 

शुक्रबारदेखि गर्ने भनिएको महासमिति बैठक शनिबार मात्रै गर्ने कार्यतालिका सार्वजनिक भएको छ। यद्यपि कांग्रेसले भने यसलाई घुमाउरो शैलीमा बैठक नसरे जस्तो तालिका सार्वजनिक गरेको छ। यसअघि मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म महासमिति बैठक गर्ने कांग्रेसको निर्णय थियो। तर बैठकको आपौचारिक सुरुवात २९ गतेदेखि मात्रै हुने भएको छ। 

शुक्रबार देशभरबाट आएका १४ सय बढी महासमिति सदस्यहरूले केन्द्रीय कार्यालयमा नाम दर्ता गराउने कार्यतालिका छ। तर बैठक भने शुक्रबार नै सुरु हुँदैन। कार्यतालिका अनुसार शनिबार पनि ढिला गरी बिहान ११ बजे मात्रै यगम्बर पार्टी प्यालेसमा बैठकको उद्घाटन शत्र हुनेछ। 

सभापति शेरबहादुर देउवा भने विधान मस्यौदा लगायत दस्तावेजमा सहमति नजुटेपछि बैठक सार्ने मनिस्थितिमा पुगेका थिए। तर असन्तुष्ट समूहका नेता कृष्णप्रसाद सिटौलाले देउवालाई महासमिति बैठक नसार्न दबाब दिएपछि उनी बैठक सार्नबाट पछि हटेका हुन्। सिटौलाले बैठक सुरु भएपछि सहमतिको प्रयास गर्न सकिने तर्क राखेका छन्।

विधान मस्यौदामा पदाधिकारीको संख्या बढाउने कि नबढाउने, निर्वाचन पद्धति कस्तो हुने, केन्द्रीय कार्यसमितिमा सभापतिलाई मनोनयन अधिकार कति प्रतिशत दिने भन्नेबारे विवाद छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.