|

जनकपुरधाम : सिरहा जिल्लाको नेपाल-भारत सिमावर्ती क्षेत्रबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। सिरहाको सिरहा नगरपालिका १७ सिमावर्ती क्षेत्र दशगजाबाट चेकजाँचको क्रममा लागुऔषधसहित पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा सिरहा जिल्लाको सिरहा नगरपालिका १७ खिरौना बस्ने अन्दाजी १६ वर्षीय नन्दु यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहालाई उदृत गर्दै प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सूचना संकलन टोली र इलाका प्रहरी कार्यालय माडरबाट खटिएको चेकिङ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्रीलाई शंकाको आधारमा चेकजाँच गर्दा यादवबाट साथबाट लागुऔषध बरामद भएको हो। यसैगरी जिल्ला सिरहा मिर्चैया नगरपालिका ५ बस्ने अन्दाजी १६ वर्षीय कृष्णकुमार यादवलाई लागुऔषधसहित पक्राउ गरिएको छ।

पक्राउ दुवै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। यसैगरी सर्लाहीको हरिवन नगरपालिका ९ स्थित पूर्व-पश्चिम लोकमार्गबाट गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका ३ सासापुर बस्ने ३० वर्षीय मानबहादुर घिसिङ रहेको जनाएको छ। साथै उनी चढेको बा. ५० प. ७५५ नम्वरको पल्सर मोटरसाइकलमा चढी बोकेको झोलामा लुकाई राखेको झण्डै साढे ४ गाँजा किलोसहित नियन्त्रणमा लिइएको जनाएको छ।

पक्राउ परेका घिसिङसँगै लागुऔषध, मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.