राजनीति

राज्य व्यवस्था समितिमा उपप्रधानमन्त्री पोखरेल
SHARES

मंसिर २७, २०७५

    काठमाडौंः उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर) माघ दोस्रो साता तयार हुने बताएका छन्।

    उपप्रधानमन्त्री पोखरेलले सो द्रूतमार्ग निर्माणको डिपिआर ग्लोबल टेन्डर आह्वान गरी कोरियाली कम्पनीलाई निर्माण गर्न दिइएको पनि स्पष्ट पारे।  बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकका बोल्दै उनले एशीयाली विकास बैंकको फिजिबिलिटी स्टडी र नेपाल सरकारले स्किृत गरेको कार्यविधिको आधारमा सो द्रूतमार्ग निर्माणको काम सुरु गरिएको पनि बताए।

    डिपीआर तयार नभई सो द्रूतमार्ग निर्माण गरिएको भन्दै खोकना र बुङमतीका स्थानीयले विरोध गरिरहेका छन्। तर उपप्रधानमन्त्री पोखरेलले कानुनसम्मत ढंगले सरकारले सो दू्रतमार्ग निर्माणको काम सुरु गरिएको दावी गरे। उनले सो द्र्र्रूतमार्ग निर्माण कार्य सुरु गर्न २०७४ साल बैशाख २१ गते बसेको मन्त्रीपरिषद बैठकले परामर्श दाता खरिद गर्न पनि नेपाली सेनालाई स्वकृती दिएको स्मरण गराए। 

    सो द्रूतमार्ग निर्माणका लागि सरकारले वातावरणीय प्रभाव मूल्यांकन पनि स्विकृत गरि सकेको उपप्रधानमन्त्री पोखरेलको भनाइ छ। पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७४ साल बैशाख २१ गते सो दू्रतमार्ग बनाउने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो। बैठकमा उपप्रधानमन्त्री पोखरेलले खोकनाका स्थानीयलाई कानुनसम्मत ढंगले जग्गाको मुआब्जा वितरण गरिएको दावी गर्दै अन्याय भए सम्बन्धित पक्षसँग छलफल गर्न सकिने पनि स्पष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]