|

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले विकास निर्माणका काम अगाडि बढाउन जग्गाको मुआब्जा नीतिमा परिवर्तन गर्नुपर्ने बताएका छन्। 

राज्यव्यवस्था तथा सुशासन समितिमा फास्ट ट्र्याककाे जिराे किलाे खाेकना र बुङमतिमा जग्गा मुआब्जाबारेको छलफलमा बाेल्दै मन्त्री थापाले मुआब्जाका कारण विकास याेजनामा बाधा आएकाले त्यसको समस्या समाधान गर्न सकिने बताएका छन्।

'अहिलेकाे नीति अनुसार न्यायाेचित भएन भन्ने कुरा  आएकाे छ, मापदण्ड बदल्नुपर्छ', उनले भने, 'मुआब्जाबारेकाे अहिलेकाे मापदण्ड बदलेर जानुपर्छ, जनताका समस्या समाधान गर्नुपर्छ, त्यसाे भएन भने अहिलेकाे मापदण्डअनुसार नीतिगत दुविधामा छाैँ। जनताले वृद्धि गर्नुपर्छ भनेर देशभरबाट भनिरहेका छन् तर हामी केही गर्न सक्दैनौं।' 

उक्त विषयमा फास्ट ट्र्याक आयाेजनाबारे समितिमा छलफल गर्न उपप्रधान तथा रक्षामन्त्री, आयाेजना हेर्ने सेनाका अधिकारी लगायत समितिमा आएका छन्। छलफल जारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.