|

काठमाडौं : अनमोल केसी स्टारर फिल्म 'क्याप्टेन'को पहिलो गीत सार्वजनिक भएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेस 'रहर छ सँगै' बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा अर्जुन पोखरेलको संगीत तथा दिग्गज धौरालीको शब्द सुन्न सकिन्छ। गीतमा अन्जु पन्त र सुगम पोखरेलले स्वर दिएका छन्।

भिडियोमा अनमोल र नायिका उपसना सिंह ठकुरी फिचरिङ छन्। निकै सुन्दर लोकेशनमा खिचिएको भिडियोमा उनीहरुलाई रोमान्टिक अवतारमा देखाइएको छ। कविराज गहतराजको करियोग्राफीमा तयार भएको भिडियोको मेकिङ पनि उच्च देखिन्छ।

फागुन १७ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा अनमोल र उपसनासँगै सरोज खनाल, सुनिल थापा, विल्सन विक्रम राई, प्रशान्त ताम्राकार, सलोन बस्नेत, राजाम पोखरेल, प्रियंका एमबी चेरी लगायतको मुख्य भूमिका रहेको छ। भुवन केसीको निर्माण रहेको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन्।

खेलाडीको कथामा निर्माण भएको फिल्ममा सामिप्यराज तिमल्सिनाको कथा रहेको छ। फिल्मलाई निर्देशक भट्टराईले नै लेखेका हुन्। सुदिप बराल डिओपी रहेको फिल्ममा नवराज शर्माको छायांकन तथा दीर्घ गुरुङको सम्पादन रहेको छ।

हेर्नुहोस् गीत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.