|

काठमाडौंः प्रतिनिधिसभाका सांसदहरुले काठमाडौं–निजगढ द्र्रूतमार्ग निर्माण हुन नदिन गम्भीर षडयन्त्र भइरहेको दाबी गरेका छन्।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बिहिबारको बैठकमा बोल्दै सांसदहरुले सो दू््रतमार्गको जग्गाको मुआब्जासम्बन्धी समस्या जब्बरजस्त खडा गरिदिएर निर्माण हुन नदिन षडयन्त्र भइरहेको बताएका हुन्। 

बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले विज्ञहरुसँग सुझाव लिएर सो द्रूतमार्गको प्रस्थान विन्दु खोकना र बुङमतीको जग्गाको मुआब्जामा देखिएको असन्तुष्टि तत्काल सम्बोधन गर्न पनि सरकारको गम्भीर ध्यानआकर्षण गराए। एक अर्ब ७० करोड जग्गाको मुआब्जा वितरण भएपछि सोसम्बन्धी समस्या आउनुको कारणको खोजी गर्न पनि सरकारलाई कांग्रेस सांसदको आग्रह छ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले पनि खोकना र बुङमतीको जग्गाको मुआब्जासम्बन्धी विवाद समाधान गर्न प्रधानमन्त्री केपी ओलीको गम्भीर ध्यानाकर्षण गराइन्। उनले दू्रतमार्ग निर्माण गर्दा स्थानीय धार्मिक तथा ऐतिहासिक महत्वका सम्पदानहरुको संरक्षण गर्नुपर्ने आवश्यक्ता पनि औंल्याइन्।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सो दू्रतमार्ग निर्माणको लागत बढ्न जाने देखिएको भन्दै त्यसमा सचेत रहन सरकारलाई आग्रह गरे। उनले देशको सन्तुलित विकास गर्न ध्यान दिन पनि सरकारसँग आग्रह गरे।

सांसद सुवालले सो दु्रतमार्ग निर्माणमा खर्चको लागत बढन जाने र त्यसले राम्रो परिणाम नदिने दावी पनि गरे। नेपाली सेनाले निर्माण कार्य अघि बढाएको सो राष्ट्रिय गौरवको आयोजनाको अनुमानित लागत खर्ब १६ अर्ब रहेको छ। सांसद सुवालले सो दू्रतमार्ग निर्माणको लागत बढेर २ खर्ब पुग्ने अवस्था देखिएको उल्लेख गर्दै सरकारको गम्भिर ध्यानाकर्षण पनि गराए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.