|

जनकपुरधाम : जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले सरकार समक्ष हातहतियार बुझाएको छ। नेपाल सरकारको तर्फबाट गठन गरिएको राजनीतिक वार्ता टोली समक्ष जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का संयोजक अविनाशले हातहतियार बुझाएको हो।  

सप्तरी जिल्ला स्थित राजबिराजमा प्रमुख जिल्ला अधिकारीको निवासमा नेपाल सरकारको तर्फबाट राजनीतिक वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे, सदस्यहरू सुरेश आलेमगर र ताराकान्त चौधरी समक्ष हातहतियार बुझाएका हुन्। अविनास समूहका वार्ता टोली संयोजक अविनास भन्ने उपेन्द्रप्रसाद यादव समेत उक्त समूहमा आबद्ध ११ जनाबीच भएको वार्तामा आगामी शान्ति वार्ताका लागि वातावरण निर्माण गर्न हातहतियार तथा खरखजाना र बिष्फोटक पदार्थ बुझाएका थिए।

बुझाएको हतियारहरूमा सानो नाल भएको कटुवा पेस्तोल १० थान, ट्वेल्भर (२२) लामो नाल भएको कटुवा १ थान, कटुवाको राउण्ड १० राउण्ड, रिभलवर २ थान, रिभलबरको राउण्ड २ राउण्ड गोली र डेटोनेटर १ थान जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत नेपाल सरकारलाई बुझाएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.