|

पर्वत : गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीमगरको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएको छ। सांसद घर्तीमगरलाई गएको मंगलबार उपचारार्थ भारतको राजधानी नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा भर्ना गरिएको थियो। एयर एम्बुलेन्सबाट अपोलो अस्पताल पुर्‍याएर सांसद घर्तीमगरलाई अस्पतालको लिभर आइसीयुमा भर्ना गरिएको थियो।

बुधबार राति करिव १ बजे अस्पतालका डाक्टरहरूले उनको मृत्यु भएको घोषणा गरेको घर्तीमगरकी श्रीमती सुनमाया घर्तीले जानकारी दिइन्। प्रदेश सांसद घर्तीमगरको १७ दिनसम्म काठमाडौंस्थित ग्राण्डी अस्पतालको आइसीयुमा उपचार भएको थियो। त्यहाँ निको नभएपछि उनलाई थप उपचारको लागि नयाँ दिल्लीको अपोलो अस्पताल लगिएको थियो। 

बागलुङको ढोरपाटन नगरपालिका ५ अधिकारीचौर सइखोलाका सांसद घर्ती राष्ट्रिय जनमोर्चाका नेता थिए। उनी बागलुङ क्षेत्र २ को ‘ख’ बाट प्रदेश सभा सदस्यमा बाम गठवन्धनबाट विजयी बनेका थिए। ४६ वर्षीय घर्ती केही दिनदेखि कलेजोसम्बन्धी रोगबाट पीडित रहेको राष्ट्रिय जनमोर्चाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.