|

काठमाडौं : नेपाली कांग्रेस एक वर्षमा करिब दुई करोड रुपैयाँ घाटामा गएको छ। कांग्रेसको लेखा समितिले तयार पारेको प्रतिवेदनअनुसार गत आर्थि वर्ष २०७४/०७५ मा उक्त घाटा देखिएको हो। 

प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा कांग्रेसले कुल छ करोड ९० लाख २१ हजार ३६८ रुपैयाँ खर्च गरेको छ। सोही आर्थिक वर्षमा कांग्रेसले पाँच करोड पाँच लाख २९ हजार ६८६ रुपैयाँ आय गरेको उक्त प्रतिवेदनमा उल्लेख छ। लेखापरीक्षण समितिका संयोजक श्यामकुमार घिमिरेले प्रस्तुत गरेको लेखापरीक्षण प्रतिवेदनअनुसार कांग्रेस एक करोड ८४ लाख ९१ हजार ७०० रुपैयाँ घाटामा गएको हो। 

गत आर्थिक वर्षमा तीन तहको निर्वाचन भएका कारण कांग्रेसले उक्त रकम घाटा व्यहोर्नुपरेको हो। कांग्रेसको आयको स्रोत कार्यकर्ताले लेवीवापत तिरेको रकम र विभिन्न व्यक्तिले दिने सहयोग रहेको बताइएको छ।

यस्तै, बिहीबारको बैठकमा कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेस गरेकी थिइन्। उनले कांग्रेसको आन्तरिक कोषलाई व्यवस्थित गर्न नसकेको गुनासो गरिन्। उनले कांग्रेसको आर्थिक गतिविधिलाई पारदर्शी र अभिलेखीकरण गर्नुपर्ने उनले बैठकमा बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.