|

बैतडी : मौसममा आएको परिवर्तनका कारण बिहीबार बिहानैदेखि बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लाहरुमा हिमपात भएको छ। हिमपात भएसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको  छ।

बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ, लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ। बझाङको साइपाल गाउँपालिका, सुर्मा गाँउपालिका, छबीसपाथीभेरा गाउँपालिका र बुंगल नगरपालिकाको माथिल्लो भेगमा हिमपात भएको छ। यस्तै दार्चुलाको अपी,राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङकर लगायतका ठाउँमा हिमपात भएको प्रेम चुनाराले जानकारी दिए। उनले भने, 'दार्चुलाका उत्तरी क्षेत्रमा  सबै स्थानमा हिमपात भएको छ।'  

डडेल्धुराको भिमदत्त राजमार्गको शाहुखर्क, हगुल्टे लगायतका स्थानमा हिमपात भएको स्थानीय प्रकाश पार्कीले जानकारी दिए। उता बाजुराको उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ। वर्षासँगै हिउ परेर चिसो बढे पनि बाली सप्रिने भन्दै किसानहरू खुसी भएका छन्। हिमपातले हिमपातका कारण चिसो बढेकोले बृद्धबृद्धा, बालबालिका तथा दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग बढी प्रभावित भएका छन्। 

बुधबारदेखि एक्कासी मौसम बदली भइ पानी परेपश्चात बिहीबार हिमपात भएर यहाँका स्थानीयलाई चिसोले प्रभावित बनाएकाे हाे। लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका पहाडी भेगका किसानलाई भने हिमपातले राहत पुर्‍याएको छ।

लामो समयको खडेरी पछि पानी परेकोले बाली सप्रिने दोगडाकेदार ३ श्रीकोटका हेमराज गिरीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.