|

गुल्मी : गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको मदाने गाउँपालिका ४ निवासी ३६ वर्षीय दानबहादुर घमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

बुधबार देवालीको पूजा सामग्री लिन भनी घरबाट निस्केका घम साँझ अबेरसम्म पनि घरमा नआए पछि परिवार, आफन्त र प्रहरीले खोजतलास गर्दा स्थानीय कुसुन्डे भिरमा बिहीबार फेला पारेका थिए। 

घम करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ। शवलाई पोष्ट माटमको लागि जिल्ला अस्पताल तम्घास ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख दीपक बस्नेतले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.