|

उदयपुर :  उदयपुरको लिम्चुङबुङ गाँउपालिका ४ मा गएको राती ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु भएको छ भने ८ जना घाइते भएका छन।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार दुर्घटनामा परी लिमचुङबुङ ४ बलम्ताका २२ वर्षे चालक सुविन राई र सोही स्थानका स्थानीय २४ वर्षे पवन राईको दुर्घटनमा परी मृत्यु भएको छ।

ट्याक्टरमा सवार बाँकी ८ जना घाइते भएकाले जिल्ला अस्पताल गाईघाट ल्याउने काम भइरहेको प्रहरीको भनाइ छ। ‘रातीनै जिल्ला अस्पताल ल्याउँन लिम्चुङबुङबाट हिडाईएको छ,’ प्रहरी प्रमुख एसपी राईले भने, ‘अन्य घाइतेको स्वास्थ्य अवस्था सामान्य भएको भन्ने जानकारी आएको छ।’दुर्घटना स्थल सदरमुकाम गाईघाटबाट ९० किलोमिटर विकट क्षेत्रमा पर्दछ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.