समाज : सुरक्षा/अपराध

पाल्पामा जीप दुर्घटना पाँच जनाको मृत्यु, तीन घाइते
SHARES

मंसिर २८, २०७५

    काठमाडौं : पाल्पामा बिहिबार बेलुकी भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्। 

    पाल्पाको पुर्वखोला–२  ओढारे भिरमा दुर्घटना हुँदा माथागढी गाउँपालिका–८ का ७१ वर्षीय रेवत बहादुर जिसी, ४१ वर्षीया बुमाकुमारी दर्लामी, ३२ वर्षीया यानिसरा गाहा, २४ वर्षीया कुनिसरा रुचाल र जीप चालक २० वर्षीय बिरेन्द्र रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

    लु १ ज २६५३ नम्बरको जीप पूर्वखोला गाउँपालिका २ को जलपा–बहादुरपुरको कच्ची सडकमा आफैं अनियन्त्रित भएर पल्टिएको प्रहरी कार्यालय पाल्पाले जनाएको छ।  

    घाइते तीन जनाको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको छ। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]