|

काठमाडौं : मंसिर २२ को सचिवालय बैठक नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा पार्टी पंक्तिको निम्ति सम्भवतः अप्रत्याशित रहयो। वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरे।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार नेतृत्वमा बैठकप्रति देखिएको उदासीनता, विधि प्रक्रिया नमानिएको भन्दै उनीहरूले आरोप लगाउँदै आएका थिए। बैठक बहिस्कारमा ‘समय पालना’लाई कारण देखाए पनि उनीहरूले अन्य कारण खुलाएका छैनन्।

घटनाको भोलिपल्टै २३ मंसिरमा नेपाल–खनाल पक्षले आफूनिकट स्थायी समिति बैठक बोलाउन गरेको ‘प्रयास’ २९ मंसिरमा बोलाएर ओली–प्रचण्डले तुहाइदिए। यसपछि ओली–नेपालबीच दूरी अझै बढेको छ। प्रदेश कमिटी पदाधिकारी चयनदेखि नै तत्कालीन एमालेका ओली र नेपाल खेमाबीच असमझदारी बढ्दै गएको छ।

एउटै विमानका दुई पाइलटमध्ये एक (ओली)को ‘कमान्ड’ हल्लाउन नेपाल, खनाल र गौतमको ‘विपरीत ध्रुवको गठबन्धन’ भएको छ। यो गठबन्धन आगामी स्थायी समिति बैठक पर्खेर बसेको छ। तत्कालीन माओवादी खेमाका स्थायी समितिका केही सदस्यलाई आर्कषित गरेर ओली खेमासँग जुध्ने योजनामा यो गठबन्धन प्रयासरत देखिएको छ।

स्थायी समिति बैठक आह्वानपछिको बैठकमा व्यस्त यो समूहका नेता ओलीलाई गलाउने रणनीति बनाउन कसरत गरिरहेका छन्। पूर्व एमालेमा प्रष्टै दुई खेमा देखिए पनि तत्कालीन माओवादीभित्र भने नेताहरू प्रचण्डकै वरिपरि देखिएका छन्। यसले गर्दा बैठकमा उनको भूमिका महत्त्वपूर्ण हुने ठानिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.